फुङलिङ– सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दशैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजां का दिनसम्म मनाइने यो पर्वको रौनक ओलाङचुगोलामा मात्र देखिन्छ ।


ADVERTISEMENT


वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको यो मौलिक सांस्कृतिक पर्व परापूर्वकालदेखि नै धुमधामसँग मनाउने गरिएकामा कोरोना सङ्क्रमणका कारण अघिल्लो वर्ष औपचारिकतामै सीमित भएको त्यहाँका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले बताए ।दश दिनसम्म मनाइने यस मौलिक पर्वमा पाहुनाहरुका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा आएका छन् ।


ADVERTISEMENT

# # #


यस पर्वमा सुरुदेखि अन्तिमसम्ममा कम्तीमा १५ लामाले बौद्ध धर्मसंस्कारअनुसार पूजा पाठ गर्ने स्थानीय याङ्मानुर्पु शेर्पाले बताए । पर्वको अवधिभर हरेक दिनको मध्यरात लामाले पूजा पाठ गर्नाका साथै देव नृत्यसमेत देखाउने गर्दछन् । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्दा त्यहाँबाट निस्केको घ्यू र तेलको धुवाँले गुम्बाको धुरी नाघेमा शुभ हुने धार्मिक विश्वास गरिन्छ ।

फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ भने प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पूजा समापन गरिन्छ । स्थानीयवासीका अनुसार पर्वमा सहभागी लामाहरुले देवता र राक्षसको मुखुन्डो लगाएर दुबै पक्ष बीचको युद्धको अभिनय गरी नृत्य देखाउने गरिन्छ । पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बसेका छन् । ओलाङचुङगोलामा साढे चार सय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ । गत वर्ष कोरोना महामारीको समयमा पनि यो पर्व मनाइएकामा उत्तरी नाका बन्द गरिएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाहुना आउन सकेका थिएनन् । यो वर्ष फुटुकमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुनाका रुपमा सहभागी भएको स्थानीयवासी बताउँछन् ।


ADVERTISEMENT

#
#


यस पर्वको संरक्षण र प्रवर्धन गर्न गाउँपालिकाले आर्थिक सहयोगसमेत गर्दै आएको छ । सीमान्तकृत समुदायको यो पर्वको जगेर्नाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूको भनाई छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङचुङगोलामा एकमात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । यहाँ हाल वालुङहरु ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने जिल्लाकै उच्च बस्ती याङ्मा (४,२०० मिटर) मा ११ परिवार बसोबास गर्दै आएका छन् । रासस

प्रतिकृया

प्रतिकृया