विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।


ADVERTISEMENT


उनलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्रीबाट एमाले नेता भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज दिउँसो १ बजेसम्म दाबी पेस गर्ने समय उपलब्ध गराएका थिए। उनले सूचना जारी गरेको केहीबेरमै राईले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।