काठमाडौँ – प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार विराटनगरस्थित प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामाको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेको थियो । तर, उनले विश्वासको मत नलिएर राजीनामा दिने निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


आचार्यले अहिलेको अवस्थामा दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । आफ्नो सरकारमाथि भएको आलोचनालाई सकारात्मक रुपमा लिने भन्दै आचार्यले आगामी सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर काम गरेको उनले बताए ।

नेपाल निकट आचार्य अन्तिम समयमा एमाले विभाजनको विपक्षमा उभिएर ओलीपक्षमा गएपछि मुख्यमन्त्री उपहार पाएका थिए । तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिँदै उनलाई मुख्यमन्त्रीको ढोका खोलिदिएका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा सीमित भएको थियो । सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन् ।