काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सोमबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्धरुपमा विरोध कार्यक्रम गरेको हो ।


ADVERTISEMENT

# # #


विरोध प्रदर्शनमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले सर्वोच्च अदालतमा आगो लागेका बेला चुप बसेका नेताहरुले यसको मूल्य चुकाउनुपर्ने बताए । उनले अहिलेको आन्दोलन ब्यक्ति बिशेषका लागि नभएर न्यायपालिकाको विकृति÷विसंगति समाप्तिका लागि भएको धारणा राखे ।

त्यस्तै नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति÷विसंगति हटाउनका लािग प्रधानन्यधिशले राजीनामा दिनुपर्ने बताए । सोमबारबाट नै प्रधान्यायाधीशले बेन्च लिन छोडेको र बन्दी प्रत्यक्षीकरण हेर्न सुरु भएको जानकारी दिए ।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश हरिकृष्णको कार्कीको प्रतिवेदनअनुसार प्रधानन्यायाधीशले न्यायालयलाई शुद्धीकरण गर्नेतर्फ केही पनि काम नगरेको आरोप लगाए ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले यसअघि कात्तिक १४, १५ र १६ गते कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो ।