खोटाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको अध्यक्षमा ललित कुमार राई (जीवन) सर्वसम्मत चयन भएका छन् । पार्टी एकतापछि शनिवार भएको पहिलो जिल्ला अधिवेशनबाट राई अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।


ADVERTISEMENT


राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्य समिति बनाईने जनाईएको छ । अन्य पदाधिकारी चयन भने जिल्ला कार्य समितीको पहिलो बैठकले गर्नेछ। अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ ।


ADVERTISEMENT

# # #


दुवै क्षेत्रमा ७७र७७ सदस्यीय समिती हुनेछ। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन भएकी छन्। नगरपालिकामा ९५ सदस्यीय समिति बनाईने जनाईएको छ।

क्षेत्रको अन्य पदाधिकारीहरु क्षेत्रले र नगरको अन्य पदाधिकरीहरु नगरले छान्ने राप्रपाका कार्य सम्पादन समिति सदस्य रविन चाम्लिङले बताए। अधिवेशन अघि राप्रपाले दिक्तेलबजारमा र्याली निकालेको थियो।