काठमाडौं– गायिका निशा निशा कँडेलको ‘पिरतीको खुल्ला आकाशमा’ बोलको मेलोडियस भर्सनको म्युजिक भिडियो सार्वजनिक भएको छ।


ADVERTISEMENT


यसअघि नै ‘तस्बिर’ बोलको गीतमा स्वर दिएकी गायिका कँडेलको यो दोस्रो गीत हो ।


ADVERTISEMENT

# # #


गीतमा रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतबद्ध गरेका हुन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत् भिडियो सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् :