काठमाडौँ– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट– २०७८’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


कार्तिक १२ र १३ गते देश भरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


सो समारोहमा जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ? भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपालजस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको जिम्मेवारीको दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने? एवम् बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामहरुको विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो ।

निम्न वर्गमा बीमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धि जनचेतना वृद्धिको लागि ‘युवासंग–महालक्ष्मी लाईफ’ कार्यक्रम लाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्‍याउने निर्णय समेत गरेको छ । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रबन्धक सिताराम धिमालले संचालन गरेको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजावावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए ।