काठमाडौं –  नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ९५ जना अग्रज व्यक्तित्वलाई  नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।


ADVERTISEMENT


बानियाँको लोकप्रिय छविका कारण प्रभावित भई अग्रज व्यक्तित्वहरु कांग्रेस प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसले  राजनीतिमा शीर्ष स्थानमा रहेका प्रदेशसभा संसदीय दलका नेता बानियाँको लोकप्रियता गृहजिल्ला मकवानपुरमा बढ्दै गएको छ देखाउँछ ।

नेता बानियाँकै प्रभावका कारण मकवानपुर जिल्लाको गढी गाउँपालिका–१ मा विभिन्न पार्टी परित्याग गरी ९५ जना अग्रज व्यक्तित्वहरुले नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

शुक्रबार पार्टीको आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा गत स्थानीय तहको चुनावमा नेकपा माओवादीको केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका बलबहादुर थिङसहितका कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशी सबैलाई कांग्रेस नेता तथा मकवानपुरका सभापति बानियाँले पार्टीमा स्वागत गरेका छन् ।