काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षको चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताले दिने खोप नपुगे आफैं किनेर भए पनि सबै नेपालीलाई खोप लगाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले यो वर्षको अन्तिमसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने घोषणा बैठकमा गरेको जानकारी दिएका हुन् ।

‘कोरोनाविरुद्धको खोप कमी नहोस् । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निशुल्क नै दिने हो । दाताबाट आएकोले नपुगे हामी खोप खरिद गर्छौ’ प्रधानमन्त्री देउवाले बैठकमा भने, ‘वर्षको अन्तिम चैतभित्र सबै नेपालीलाई पूर्णमात्रामा लगाइसक्नुपर्छ । यसै अनुसार सरकार अगाडि बढेको छ ।’