काठमाडौं – एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको छ । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगालेकी बिजया स्वारलाई बैंकको सञ्चालक समितिले नियुक्त गरेको हो ।


ADVERTISEMENT


नवनियुक्त सञ्चालक  बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन् ।


ADVERTISEMENT

# # #


फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा शुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिइन् ।