काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे आज मुख्य मन्त्री बन्ने भएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि गठबन्धनको तर्फबाट पाण्डेले हिजो नै दाबी गरेका थिए  । उनले दिउँसो सवा तीन बजे सपथ लिने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


पाण्डेले प्रदेशका ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएका छन् । गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जसपाका १ गरी ५९ सांसदले पाण्डेलाई समर्थन गरेका छन् । १ सय ९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

यसअघि १३ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बनेपछि मुख्यमन्त्री शाक्यले बहुमत गुमाएकी हुन्  ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्नेछन् । आज नेपाली कांग्रेसका उपनेता कृष्णलाल भडेल, नेकपा माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाललाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेको स्रोतको दाबी छ ।