काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा  छलफल  नभएको  बताएका छन् ।


ADVERTISEMENT


महाअभियोग लगाउने त्यस्तो काम  जबराबाट नभएकोले अनावश्यक होहल्ला मच्चाउन नहुने पनि नेता नेपालले बताए ।


ADVERTISEMENT

# # #


समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा समेत जोड दिए ।

उनले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् ।

प्रधानन्याधीशले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको आरोप छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे सोधिएको प्रश्नमा नेपालले भने, ‘उहाँले आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आउनु भयो । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो ।’