रुकुम– प्रहरीले आफ्नै छोरालाई गोली चलाउने एक बाबुलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सोमबार बिहान बाँफिकोट गाउँपालिका–१० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वलीलाई आफ्नै छोरामाथि गोली चलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीबाट भरुवा बन्दुक समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार, उनले घरायसी झगडामा मादक पदार्थ सेवन गरी वलीले आफ्नै छोरालाई गोली प्रहार गरेका थिए । तर, निशाना गलत हुँदा उक्त दुर्घटनाबाट उनकी छोरी बच्न सफल भएका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।