काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको राजनीतिक नेतृत्व सम्हालिन नसक्दा विभिन्न आन्दोलन पछि उपलव्ध भएको परिवर्तन गुम्ने खतरा रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशन उद्घाटन गर्दै थापाले २००७ र २०७४ सालको उपलब्धि खेर गएको र पछिल्लो आन्दोलनपछि प्राप्त नयाँ उपलब्धि खेर जाने खतरा पैदा भएको बताए ।


ADVERTISEMENT

# # #


थापाले देश विकासका लागि कम राजनीतिक दल र बलियो प्रधानमन्त्री चाहिन्छ भन्ने भनाइ गलत सावित भएको समेत बताए ।

राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुकलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिहरु सलबलाउन थालेको उनले बताए । उनले यसअघिको सरकार र वर्तमान सरकारले नागरिकले खोजेजस्तो गति पक्रन नसकेको धारणा पनि राखे ।

उनले भने, ‘त्यो सरकार होस् या यो सरकार हो, हामीले जुन गति पक्रन पर्ने हो, त्यो गति पक्रन सकेनौँ । त्यसैले डर लागेको छ । जसरी हामीले २००७ सालपछि, १९९० पछि समय खेर फल्यौँ, फेरि हामी अर्को मौका खेर फाल्दैछौँ कि भन्ने डर लाग्न थालेको छ । तर, अब हामीले सम्हालिनुपर्ने छ । ’

अहिलको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था हुनसक्ने भन्दै सवै दल मिलेर बन्ने सरकारले मुलुकको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाई छ । ‘