काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाली राजदूत हिमाली शुभासिनीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार नेपाली सेनाको प्रधान कार्यालय जंगीअड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटवार्ताका क्रममा भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।