काठमाडौं – बङ्गलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदायको जीवन रक्षाका लागि नेपाल विश्व हिन्दु महासंघले काठमाडौं स्थित बङ्गलादेश दूतावासलाई ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


मंगलबार नेपाल विश्व हिन्दु महासंघले बङ्गलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदायमाथि निरन्तर भइरहेको हिंसात्मक घटनाको विरोध गर्दै  दूतावासलाई ध्यानाकर्षण गराएको हो ।


ADVERTISEMENT

# # #


महासंघले काठमाडौंस्थित बङ्गलादेश दूतावासमा ज्ञापन पत्रसमेत बुझाएको छ। संघले त्यहाँ भइरहेको घटनाप्रति आपत्तिसमेत जनाएको छ ।

नेपालको लागि बङ्गलादेशी राजदूत सलाउद्दीन नोमान चौधरी मार्फत् बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदूलाई नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख बिजय प्रकाश निषाद, केन्द्रीय उपाध्यक्ष डा गणेश प्रसाद आचार्य तथा केन्द्रीय कोषाध्यक्ष सत्यदेवी सेढाईज्यु सहितको टोलिले भेटी ज्ञापनत्र बुझाइएको हो।

महासंघको केन्द्रीय अध्यक्ष डा केदारनाथ दाहाल तथा केन्द्रीय सचिव अभिषेक तिवारीद्वारा संयुक्त रूपमा उल्लेखित उक्त ज्ञापन पत्रमा बङ्गलादेशमा रहेका अल्पसंख्यक समुदाय र तिनका आस्था माथि बारम्बार यस्ता अमानवीय घटनाहरु हुँदै आएकोप्रति महासंघ गम्भीर रूपमा चिन्ता व्यक्त गरिएको छ ।

संघले बङ्गलादेश सरकारलाई अल्पसंख्यक समुदाय, उनीहरुको आत्मविश्वास र रक्षाको लागी ठोस प्रतिबद्धताका साथ अगाडि आउन आग्रह गर्दै जबरजस्ती धर्म परिवर्तन गराउने कार्य विरुद्ध बाङ्गलादेशी क्षेत्रभित्र अल्पसंख्यक समुदायको सुरक्षाको लागि कडा कानून प्रवर्तनको माग गरेको छ।

महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद सहितको टोलीद्वारा बाङ्गलादेश दूतावास लाई हस्तान्तरित उक्त ज्ञापन पत्रमा बङ्गलादेशमा रहेका अल्पसंख्यक समुदायहरु संग नेपाल विश्व हिन्दु महासंघको गम्भीर सहानुभूति रहेको साथै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र मानव अधिकार परिषद लाई यस्तो हिंसा र हमलाहरुलाई गम्भीरतापूर्वक लिन समेत अनुरोध गरिएको छ।

यस्तो छ  ज्ञापनत्र :