काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# # #


महासंघले सार्वजनिक सूचना अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम गरिएको छ। आइतबार ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला एक हजार १८० रुपैयाँ मूल्य कायम गरिएको छ।