कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले  पहिले विभिन्न कारणले झुक्याइएका  कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने भएका छन् ।


ADVERTISEMENT


आइतबार पोखरामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि पोखरेलले विश्वकर्मालाई मन्त्री बनाउने तयारी थालेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसका सांसद विष्णु लामिछानेका अनुसार विश्वकर्मालाई मन्त्री बनाउने विषयमा सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा अन्तिममा नाम काटिएका विश्वकर्मालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्यमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ ।

पार्टीका शीर्ष नेताहरूले नै विश्वकर्मालाई मन्त्री बनाउन सुझाव दिएपछि मुख्यमन्त्री पोखरेलले सोही अनुसार तयारी थालेको बताए ।

उनका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्वकर्मालाई मन्त्री बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनको नाम काटेर व्यापारिक पृष्ठभूमिका विन्दुकुमार थापालाई मन्त्री बनाएपछि चर्को आलोचना भएको थियो ।