काठमाडौँ– रेल सञ्जाल बारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठक सम्पन्न भएको छ ।


ADVERTISEMENT


हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्गक्षेत्रमा समग्र सहकार्यबारे दुई पक्षबीच असोज २० र २१ गते नयाँ दिल्लीमा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्योरमा(एसओपीएस) एवम् रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोड गज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा समेत हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पत्रमा एसओपीएसले नयाँ खण्डमा यात्रुवाहक रेल सेवा संचालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रूपमा काम गर्ने उल्लेख छ ।

यसका साथै बैठकमा रक्सौल–काठमाडौं ब्रोड गेज रेलमार्ग र दोस्रो चरण रेल सञ्जाल अन्र्तगतका परियोजनामा भएका प्रगतिबारे पनि छलफल संगसंगै रेलमार्ग लगायत नेपाली रेल कर्मचारी तथा प्राविधिकको क्षमता विकास, व्यवस्थापन एवम् प्रशिक्षणका क्षेत्रमा प्रविधिक सहकार्यलाई सुदृढ पार्नेबारे समेत सहमति भएको छ ।

नेपाल–भारत युक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं रहेको उक्त बैठक असोज २० र २१ गते दुई दिन बसेको थियो । सो बैठकमा नेपाली टोलीको तर्फबाट नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव केशव कुमार शर्माले नेतृत्व गरेका थिए ।

यस्तै, नेपाल संयुक्त कार्यदलको बैठकमा भारतीयटोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालय DPA-III का सह–सचिव अनुराग भुषणले गरेका थिए ।