काठमाडौँ– संघिय संसदमा यसपटक सांसदहरुले दसैं–भत्ता नपाउने भएका छन् ।


ADVERTISEMENT


प्रत्येक दसैंमा चाडपर्व स्वरुप भत्ता थाप्दै आएका सांसदहरुले यसपटक भने भत्ताबिना नै दसैं मनाउन पर्ने भएको हो ।


ADVERTISEMENT

# # #


संसद सचिवालयले दसैं खर्च बिना नै उनीहरुको खातामा असाज महिनाको तलब हाल्दिई सकेका छन् ।

गतवर्ष सचिवालयले सासंदहरुलाई तलबसंगै दसैं भत्ता पनि हाल्दिएका थिए । तर कोरोना महामारीलाई कारण देखाउँदै सांसद र दलहरूले उक्त भत्ता फिर्ता गरेका थिए। तर, यसपटक भने सचिवालय आफैलै भत्ताबिना नै तलब खातामा जम्मा गरिदिएको छ ।

यसअघि गतवर्षको कातिकमा हाल अर्थमन्त्री रहेका जनार्दन शर्माले ‘सांसदलाई दसैं–भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं’ भन्दै सार्वजनिक रुपमा आफ्नो अभिव्यक्ति दिएका थिए । यस्तै हालका प्रधानमन्त्री शेर बहादुर देउवाले पनि त्यसबेला सांसदलाई दशेँ भत्ता फिर्ता गर्न निर्देशन दिएका थिए ।

यस विषयमा बोल्दै संघीय संसदका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले भत्तासम्बन्धि मन्त्रिपरिषदको कुनै पनि निर्णय नआएकोले सांसदहरूलाई खातामा असोजको तलब मात्रै पठाइएको जानकारी दिएका छन् ।