राजविराज– सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् ।


ADVERTISEMENT


रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलेदेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैँ रूखमा झुन्डिएको हुन सकिने बताइएको छ । घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएकी थिइन् । रासस