काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो राजनीतिक जीवनलाई बदनाम गराउनका लागि साइकल खरिद प्रक्रियामा अनियमतताको आरोप लगाइएको दावी गरे ।


ADVERTISEMENT


बुधबार प्रदेश दुई प्रदेशसभामा विशेष समय लिएर बोल्दै उनले साइकल खरिद प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै आफुलाई बदनाम गर्न खोजिएको बताएका हुन् । उनले खरिद प्रक्रियाका कागजपत्र देखाउदै अध्ययन गरेर धारणा बनाउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि प्रदेशसभामा उनले धारणा सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले प्रदेशको कार्यक्रममाथि नै राजनीतिकरण गर्न खोजिएको तर्क गरे । बैठकम उनले पहिलो लटभन्दा दोस्रो लटको साइकल एक केजी हेभी र अत्याधुनिक रहेकाले प्रतिसाइकल खरिद मूल्य बढेको दाबी गरे ।

मुख्यमन्त्री राउतले संघीयतालाई समाप्त र कमजोर गर्ने खेल निन्दनीय भएको धारणा राखे ।