काठमाडौँ– आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष कोशी प्रदेश सरकारले सिफारिस गरेको छ ।


ADVERTISEMENT


कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी भईरहेको बेला केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते कोशी प्रदेश सभाको बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिश गरेको छ । बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले ०८१ जेठ ११ गते प्रदेश सभाको बजेट अधिवेशनका लागि सिफारिश गरेको हो ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारका मन्त्रीहरुले प्रदेश प्रमुख परशुराम खापुङलाई अधिवेशन आव्हानका लागि पत्र हस्तान्तरण गर्नुभएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले गत चैत्र २६ गते पनि अधिवेशनका लागि सिफारिश गरिएकोमा पुनः बजेट अधिवेशनका लागि सिफारिश गरिएको बताए ।

कोशी प्रदेशमा नयाँ सरकारको गठनका लागि प्रयास भईरहेको बेला केदार कार्की नेतृत्वको सरकारले बजेट अधिवेशन सिफारिश गरेको हो । प्रदेश सभाको गत बैशाख ७ गते बसेको प्रदेश सभा बैठकले संकल्प प्रस्ताव पारित गर्दै बैशाख २५ गते सम्म मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन तथा विश्वासको मत नलिए नयाँ सरकारका लागि आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयलाई निर्देशन दिन आग्रह गरेको थियो ।