काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सभामा झडप भएको छ ।


ADVERTISEMENT


क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह घोषित भएपछि चित्त नबुझ्नेहरुले कुर्सी फालाफाल गरी झडप गरेका हुन् । झडपकैबीच पञ्चा सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष भएकी छन् ।


ADVERTISEMENT

# # #


क्रान्तिकारी दुई समूहबीच केहीबेर घम्साघम्सी र हानाहानको स्थिति आइ परेको थियो। विधानअनुसार १९९ सदस्यीय कमिटी घोषणा गर्नुपर्नेमा ३९९ सदस्यीय घोषणा गर्न लागेपछि दुई पक्षबीच विवाद भएको थियो। महासचिवमा दिपेश पुनलाई घोषणा गरेपछि अर्को पक्षले विरोध गरेको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि उनी अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा भने अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमार्फत सोमबार गरिएको हो।