काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरिने बताएका छन् ।


ADVERTISEMENT


आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप सुनिश्चितता भइसकेको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, ४० लाख मोडेर्ना र ६० लाख फाइजरको खोप गरी करिब १ करोड खोप आउने सुनिश्चित भइसकेको छ ।

र, खरीद गरिएको उक्त खोप फागुनसम्ममा क्रमशः आउने र बालबालिकालाई उपलब्ध गराइने राज्यमन्त्री श्रेष्ठको भनाई छ । ‘यो दशैँलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोडेर्ना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ’ उनले भने ।

कार्यक्रममा बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।