काठमाडौं – नेकपा एमालेका प्रतिनिधिले उपमहासचिव राख्न पर्ने सुझाव दिएका छन् । उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव हटाउने प्रस्ताव गरिएको हो। नवौं महाधिवशेनको विधानमा २ उपमहासचिवको व्यवस्था छ। जस अनुसार पौडेल र घनश्याम भुसाल उपमहासचिव छन्।


ADVERTISEMENT


प्रस्तावित विधानमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ६ सचिव गरी १३ पदाधिकारीको व्यवस्था गरिएको छ। कर्णाली प्रदेशतर्फ समुहगत छलफलपछिको सुझाव प्रस्तुत गर्दै टोली नेता गोरखबहादुर बोगटीले ७ उपाध्यक्ष र उपमहासचिव कायम राख्नु पर्ने सुझाव दिएका छन्।


ADVERTISEMENT

# # #


उपाध्यक्षको संख्या प्रदेशको आधार हुनुपर्ने सुझाव हलबाट आएको छ। अधिकांशले ७ जना उपाध्यक्ष हुन पर्ने सुझाव दिएका छन्। कसैले ६, कसैले वरिष्ठसहति ७ उपाध्यक्षको व्यवस्था गर्नु पर्ने सुझाव दिएका छन्। भुगोल र उत्पिडनलाई मध्य नजर गर्दै सबै तहका कार्यकारी पदमा प्रतिनिधित्वको वैधानिक सुनिश्चितता गर्नु पर्ने कर्णालीको सुझावमा उल्लेख छ।

उमेरको हदसँगै युवा नेतृत्वलाई नेतृत्व पुग्ने प्रणालीको पनि सुनिश्चितता गर्नु सुझाव दिएको कर्णालीका प्रतिनिधि नगिन्द्र शाही ‘नेसनल’ले जानकारी दिए। प्रत्येक कमिटीमा समावेशिताको वैधानिक व्यवस्था लागू भए नभएको आधारमा कमिटीको मुल्यांकन,नियमन र नियन्त्रण गर्ने व्यवस्थाको सुनिश्चितता हुनुपर्ने सुझाव हलबाट आएको छ।

१० वटा समुहमा सहुगत छलफलपछि टोली नेताले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव पौडेलको विधान संशोधन प्रस्तावमा प्रतिवेदनमा सुझाव दिएका छन्। अन्नपूर्णपोष्ट दैनिकबाट ।