काठमाडौं – कफी एक किसिमले विश्वकै मानिसको संस्कृति बनिसकेको छ । नेपालमा पनि कफीको आदत बढिसकेको छ ।  कफीको आदतमा धेरै शहरबासी नेपाली पनि डुबिसकेका छन् ।


ADVERTISEMENT


केहि विद्यार्थीहरु समेत अध्ययनको लागि रातमा अलिक खटिने अवस्थामा कफि पिउने गर्छन् । संसारमा यस्ता मानिसहरु छन् जो बिहान एक कप कफी नपिइकन आफ्नो दिनको सुरुवात नै गर्दैनन् ।


ADVERTISEMENT

# # #


यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । कफी पिउनुका फाइदा बेफाइदा दुवै छ । त्यसैले यसको प्रयोग गर्दा होसीयारी अपनाउनुपर्छ ।

गर्मीमा धेरै कफी सेवन राम्रो मानिन्न । कफीमा पाइने क्याफिन नामक तत्वले शरिरमा ऊर्जा प्रदान गर्छ । यसले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्ने अध्ययनबाट खुलेको छ ।

कफीले मुड फ्रेस गर्छ । क्याफिनले पार्किन्सनका बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।

ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।

नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ । नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्ति भन्दा बढी हुन्छ । साथै,कफीले हृदयघात र मस्तिष्कघात हुने सम्भावना समेत कम गर्छ ।

यसका अलवा कफीका बेफाईदा पनि छन् । गर्भवति महिलाले कफी पिउनु राम्रो मानिँदैन । यसको कारण बच्चाको स्वास्थ्यमा असर पार्छ । गर्भपातको जोखिम समेत बढाउँछ ।

दुध कफिले ग्याष्ट्रिक बढाउन सक्छ । राति सुत्नुअघि कफी पिउनु राम्रो मानिन्न । उच्च रक्तचाप भएका मानिसले धेरै क्याफिनयुक्त कफी पिउनु हुँदैन । निन्द्राको समस्या भएका तथा हड्डी कमजोर भएकाले पनि कफी पिउनु हुँदैन ।