काठमाडौं – एनआईबीएल एस क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनआईबीएल एस क्यापिटलको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारण सभा आज बोलाएको थियो ।


ADVERTISEMENT


क्यापिटलको ९ औँ वार्षिक साधारण सभा  (असोज १५ गते) एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजेबाट बसेको थियो ।


ADVERTISEMENT

# # #


क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत अर्थात् ७ करोड २ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक बर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखा परिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान उपर छलफल गरि पारित गर्नेछ । त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०७७–७८ को लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्नेछ ।