काठमाडौं – पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी २३ औं वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


संस्थाले सफलताको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


२३ औं वर्षको युवा उमेरमा प्रवेश अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताएका छन् ।

उनले पछिल्लो समय संस्था विरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै श्रेष्ठले भने–‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा संस्थाको विषयमा भएको टिका टिप्पणी आधारहीन छ , यस्ले शेयर सदस्य र संस्थालाई कुनै असर पुगेको छैन ।

जनताको सेवामा समर्पित २३ हजार शेयर सदस्यको लगानीमा संचालित संस्थाले शेयर सदस्यको सुझाव र सल्लाहलाई सदैब कदर गर्दै शेयर सदस्यको अटुट मायाको कारण संस्था थप उचाईमा पुग्न सफल भएको बताइएको छ ।

दुई दशक भन्दा लामो इतिहास बोकेको संस्थाले काठमााडौकोे चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ ।
गतवर्षदेखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ ।

संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक श्री सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा देशको विभिन्न जिल्लाहरु र राजधानीको केही उपयुक्त स्थानहरुमा थप संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिएका छन् ।