काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत शनिवार(भोलि) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् ।


ADVERTISEMENT


यो दिन बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपिडी सेवा पाउने भएका हुन् ।


ADVERTISEMENT

# # #


नर्भिकका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिनेछन् ।

प्रा.डा. चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा. जोशीले १२ बजेदेखि २ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ ।
पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिक लगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाडजोर्नीसँग सम्बन्धित समस्या भएकाले डा.जोशीको निःशुल्क ओपिडी सेवामा सहभागी भई सर्वसावधारणले सेवा लिन सक्नेछन् ।

नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्दै आएको छ ।

निःशुल्क ओपिडी सेवा लिन इच्छुकलेलागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सक्नेछन् ।