काठमाडौँ– ६६ औं प्रहरी दिवस २०७८ को सु–अवसरमा आज बागमती प्रदेश प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT

# # #


बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।

नेपाल प्रहरी स्थापनाको अवसरमा हरेक वर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत विभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको छ ।

यहि असोज २० गते ‘६६ औं प्रहरी दिवस २०७८’ मनाईने प्रहरी कार्यालयले जनाएको छ ।