काठमाडौँ – कुस्तीको विश्व च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ । नर्वेमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।


ADVERTISEMENT


विश्व च्याम्पियनसिपमा सहभागी जनाउने नेपालका सुमिर कुमार साह, सुरेश चुनारा र साहिल अन्सारीको टोलीलाई बुधबार ललितपुरमा नेपाल कुस्ती संघले विदाई गरेको छ ।


ADVERTISEMENT

# # #


टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष राज मोहमद अन्सारी, संघका उपाध्यक्ष तथा मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी लगायतले विदाइ गरेका छन् । विदाई कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले खेलबाट नेपाललाई विश्वसामू चिनाउन मद्धत पुग्ने बताए । उनले नेपाली टोलीले पदक जितेर स्वदेश फर्कने विश्वास समेत गरे ।

च्याम्पियनसिप अक्टोबर २ देखि १० सम्म आयोजना हुनेछ । नेपालले पहिलो पटक कुस्तीको विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो । च्याम्पियनसिपमा सुमिरले ९७ केजी तौल र सुरेशले ७४ केजीमा प्रतिस्पर्धा गर्ने छन् भने साहिलको तौल समूह तय भएको छैन । नेपाली टोलीको मुख्य प्रशिक्षमा धर्म राज यादव रहेका छन् ।