बागमती– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य समूह तर्फका ११ औं तहका कर्मचारी रहेका खड्कालाई स्वास्थ्य तथा मन्त्रालयको सिफारिसमा सामान्य प्रशासन मन्त्रालयले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिव तोकेको हो ।


ADVERTISEMENT

# # #


उनले जिम्मेवारी पत्र बुझेर आजैदेखि कार्यभार सम्हाल्ने भएको छ । यसका लागि उनी हेटौडातर्फ गरेको उनले बताए ।

खड्काले यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखका साथै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।