जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफनो घरमा नियाल्न सुझाव दिए । त्यस्तै अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको बताउँदै एमसीसीलाई संसदमा आएपछि मात्र आफनो पार्टीको आधिकारिक धारणा बनाउने बताए ।

यद्यपि उनले आफूहरु एमसीसीको विरोधमा नरहेको उल्लेख गरे । उनले सरकारमा सहभागी हुने विषयमा कुनै छलफल नभएको बताए ।

आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेको बताइएको छ ।

ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।