काठमाडौं – अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्ने खेल भएको र त्यसको बिरुद्ध गठबन्धन बनेको भन्दै गठबन्धनलाई बलियो बनाउदै अघि बढ्ने उल्लेख गरे ।

उनले केहि प्राविधिक कारण सरकारले पूर्णता पाउन नसकेको भन्दै छिटै सरकारलाई पूर्णता दिन दलहरुबीच छलफल भइरहेको धारणा राखे । उनले संगठनलाई बलियो बनाउँदै पार्टीलाई सशक्त बनाएको बताए।

त्यस्तै मन्त्री शर्माले नेपाल बहुआयामिक गरिबीमा पर्नुको कारण पत्ता लगाई समाधान खोज्ने योजना तीन महिनाभित्र सार्वजनिक गर्ने जानकारी दिए ।

त्यस्तै व्यापार घाटाको अबको अवधिमा प्रक्षेपण गर्न अध्ययन गर्ने र रिपोर्ट सार्वजनिक गरिने उनले बताए । उनले संविधानमा उल्लेख समाजवाद उत्मुख अर्थतन्त्रको ठोस कार्यक्रम राष्ट्रिय सहमति गरेर निर्माण गर्ने बताए ।

कार्यक्रममा शर्माले बिभिन्न दलबाट आएका कार्यकर्तालाई माओवादी प्रवेश गराएका थिए ।