काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक करिअर ध्वस्त पार्न ललितानिवास जग्गा प्रकरणमा तानिएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले आफ्नो राजनीतिक संघर्षमा राष्ट्रलाई हानी पर्ने कुनै काम नगरेको भन्दै आफ्नो राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाएका हुन् । नेता गच्छदारले संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको धारणा राखे ।


ADVERTISEMENT

# # #


सरकारको राजनीतिक दबाब र प्रतिसोधमा परेर संवैधानिक आयोगले जसरी पनि मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको उनको भनाई छ ।

गच्छदारले प्रधानमन्त्री एवं विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना आफुले भौतिक योजना मन्त्रालयको जिम्मेवारही सम्हाल्नु भन्दा धेरै पहिलेदेखि नै प्रारम्भ भएकाले उक्त योजना आफ्नो निर्देशन र निर्णयले नभएको तर्क गरे ।

ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टाचार अभियोगमा २०७६ माघ २२ गते गच्छदारबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । गच्छदारबिरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको छ । उहाँ गत ३० असारमा १० लाख धरौटीमा छुट्नुभएको थियो ।