काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको शपथ लगत्तै पदबहाली गरेका छन् ।


ADVERTISEMENT


बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त भएका परराष्ट्रमन्त्री खड्काले शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्ष पुगेर पदबहाली गरेका हुन् । पदबहाली गर्दै मन्त्री खड्काले सवै राष्ट्रसंगको सम्बन्धनलाई सन्तुलन कायम गर्दै सरकार अघि बढ्ने बताए ।


ADVERTISEMENT

# # #


मन्त्री खड्काले अमेरिका भ्रमणमा एमसीसीलाई आफ्नो प्राथमिकतामा नरहेको र संयुक्त राष्ट्रसंघको भेलामा नेपालको कुटनीतिक विषयलाई उठाउने उनले बताए । उनले भने, ‘एमसीसी अहिले मेरो खासै प्राथमिकताकमा छैन । विशुद्ध रुपमा संयुक्त राष्ट्रसंघका महासभामा भाग लिने र त्यहाँ नेपालको एजेण्डा प्रस्तुत गर्ने रहेको छ ।’

उनी आजै साँझ संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कतर्फ प्रस्थान गर्ने र त्यहाँ रहँदा विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

मन्त्री खड्काले परराष्ट्र मन्त्रालयलाई आधुनिक र प्रविधियुक्त बनाउने आफ्नो प्राथमिकता भएको जानकारी दिए ।