काठमाडौं– ‘तिम्रो तृष्णा’ बोलको पहिलो गीत पश्चात् बेलायतमा रहेकी गायिका पारु राईले आफ्नो नयाँ म्युजिक भिडियो ‘यो माया होइन र’ सार्वजनिक गरेकी छिन् ।


ADVERTISEMENT


समाजको यथार्थ चित्रण गरिएको भनिएको यो गीतमा दर्शकले त्रिकोणात्मक प्रेमकथा देख्न सक्नेछन् । गायिका पारु राईको स्वर, शब्द रहेको उक्त गीतमा गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ।


ADVERTISEMENT

# # #


बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो। गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको छ ।

निकै मिहिनेत साथ तयार पारिएको यो भिडियोलाई दर्शक र स्रोताले मन पराइदिने निर्माण टिमले आशा राखेका छन् ।

भिडियो हेर्नुहोस् :