दोलखा – गिरिजाप्रसाद कोईराला फाउन्डेसन दोलखाले जिल्लाका दलित विद्यार्थीहरुलाई विभिन्न अध्ययनका सामग्रीसहित छात्रवृत्ति दिएर सहयोग गरेको छ ।


ADVERTISEMENT


फाउन्डेसन लोकतन्त्रका नायक गिरिजा प्रशाद कोईरालाको समझनामा भिमेश्वर नगर पालिका ४ अन्तर्गत दलित बस्तीमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा सामग्री र छात्रवृत्ति प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


सोमबार एक कार्यक्रम गरी फाउन्डेसनले दलित विद्यार्थीहरुलाई स्कुल ब्याग , स्टेसनरीका सामग्री, खेलकुद सामग्री तथा विपन्न दलित छात्रछात्राका लागि छात्रवृत्ति दिएर सहयोग गरेको हो ।

सोही कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस दोलखाको माहासमिति सदस्य समाजसेवी ईश्वर नारायण मान्नधरले पनि १८ जना दलित छात्रछात्रालाई छुट्टै छात्रवृत्ति प्रदान गरेका थिए ।

मानन्धरले १८ जना गरिब एवं दलित विद्यार्थीलाई पढ्न सहयोग होस् भनी आफ्नी आमा इन्द्रमाया मानन्धरको सम्झनामा जनही एक हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन् ।

कार्यक्रमको सभापति एवं जिपी फाउन्डेसन दोलखाको संयोजक राकेश श्रेष्ठले आगामी दिनमा दलित बालबालिका र छात्रछात्रालाई सहयोग हेतु न्यानो कपडा र स्कुल ड्रेस प्रदान गर्ने बताए ।

जिपी फाउन्डेसन दोलखाले यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रमको सञ्चालन बालअधिकारकर्मी राजन बस्नेतले गरेका थिए ।

कार्यक्रममा स्थानीय बुद्धिजीवीहरु, शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।