शिवसताक्षी – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मा कार्यकरिणी समिति फेरिएका छन् । प्याब्सन शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट त्यहाँको कार्यकरिणी समिति विस्तार भएको  हो ।


ADVERTISEMENT


जसअन्तर्गत क्याम्ब्रिज ईलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सीपल रामकुमार सुहाङ अध्यक्षमा चुनिएका छन् । उनी आगामी तीन वर्षका लागि प्याब्सनको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरि, अधिवेशनले झिलझिलेको सेभेनसिज ईलिस वोडिूङ स्कुलका कार्यकारी निर्देशक उदय प्रकाश राई उपाध्यक्षमा नियुक्त भएका छन् । त्यस्तै सचिवमा कञ्चनजंघा बोर्डिङका प्रिन्सीपल टंकप्रसाद बास्तोला र कोषाध्यक्षमा दिक्षान्त वोर्डिङका प्रिन्सिपल रेवत प्रधान चयन भएका छन् ।

शिवसताक्षी नगर प्याव्सनको सदस्य पदमा मेचि ईलिंस बोर्डिङ स्कुलका प्रिन्सीपल भिम भट्टराई, निम्बस वोडिङ स्कुल का प्रिन्सीपल बुढाथोकी, न्यु ज्योफ्रिका प्रिन्सीपल चन्द्रप्रसाद गौतम सदस्यमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत पशुपति ईलिस वोर्डिङ स्कुलका फ्रिन्सीपल चन्द्रप्रकाश खनालले बताए । नव गठित समितिका सबै पदाधिकारी र सदस्यलाई निर्वाचन अधिकृत खनालले पद तथा गोपनियताको शपथ गराएका थिए ।

यस अघि आयोजित अधिवेसनको खुल्ला सत्रमा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण समान भएको बताए । ‘नगरले मावि स्तरका सामुदायिक विद्यालयमा छात्राहरुले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गरेको छ । अब, संस्थागत माध्यमिक तहका विद्यालयमा पनि उक्त कार्यक्रम संचालन हुने छ,’ उनले भने । विद्यार्थीको हरेक क्षमता अभिवृद्धी गर्ने कुनैपनि कार्यक्रममा नगरले ल्याएको कार्यक्रममा विद्यालय स्तरमा विभेद नगरिने पनि उनले दाबी गरेका छन् ।

कार्यक्रममा एक नम्बर प्रदेशका उपाध्यक्ष मिनलकुमार ढुंगानाले सरकारले संस्थागत र सामुदायिक विद्यालयमा लागु हुने नीति नियम एउटै बनाएपनि व्यवहारमा संस्थागत विद्यालयलाई विभेद गरेको आरोप लगाए । सो कार्यक्रममा नगरकी उपप्रमुख भोजकुमारी नेपाल, नगर शिक्षा अधिकारी उपसचिव सुरेन्द्र दाहाल, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, कमल गाउँपालिकाका प्याव्सन अध्यक्ष बद्री राई, पत्रकार विनोद सापकोटा लगायतले अधिवेसन सफल्ताको शुभकामना मन्तव्य राखेका थिए ।

निवर्तमान प्याब्सन अध्यक्ष अमृत तिम्सीनाले कोभिड ले थलिएको शिवसताक्षी नगर प्यावसनले जोखिमका बाबजुद पनि आफ्नो कार्यकालमा रचनात्मक काम गरेको बताए । तिम्सीनाको अध्यक्षतामा भएको कार्यक्रम सचिव डिगम पराजुलीको सहजिकरणमा भएको थियो । उनले संस्थाको सांगठनिक प्रतिवेदन पनि सार्वजनिक गरेका थिए । उनले प्रस्तुत गरेको सांगठिन प्रतिवेदन हलले स्वीकृत गरेको थियो ।