बुटवल– बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि पहिरो पिडितका मुक्का बर्सिएका छन् ।


ADVERTISEMENT


पहिरो गएको लामो समयसम्म हुँदा पनि उचित व्यवस्थापन नगरेको भन्दै आक्रोशमा बुटवल ज्योतिनगरका पहिरो पीडितले मेयर सुवेदिमाथि मुक्का प्रहार गर्दै हातपात गरेका हुन् ।


ADVERTISEMENT

# # #


गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोहि पहिरोले प्रभावित क्षेत्र निरीक्षणका लागि गएको बेला मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले जानकारी दिए ।