काठमाडौँ– कार्टुनिष्ट रविन सायमीले सरकारबाट दिइने विभूषण आफुले नलिने घोषणा गरेका छन्।


ADVERTISEMENT


संविधान दिवस २०७८ को अवसरमा सरकारले उनलाई ‘प्रवल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको थियो । तर, उनले सामाजिक सन्जालमार्फत सरकारको उक्त विभूषण अस्वीकार गरेका हुन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमा उनले लेखेका छन्,  ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’

यद्यपि उनले सो पदक आफूले किन अस्वीकार गरेको हो? भन्नेबारे भने केहि पनि खुलाएका छैनन् ।