काठमाडौँ– सरकारले कोभिड–१९ विरुद्धको भरोसेल खोपको खोस्रो मात्रा सोमबारदेखि वितरण गर्ने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तया जनसंख्या मन्त्रालयले शुक्रबार चीनबाट नेपाल भित्रिएको ४४ लाख भेरोसेल दोस्रो मात्रा लगाउन बाँकी भएकालाई असोज ४ गतेदेखि ६ गतेसम्म वितरण गर्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा ९, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र कागेश्वरी मनहरामा ९-९ खोपवटा केन्द्र तोकिएको छ ।

यस्तै,  खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको उनले जनाए । जसअन्तर्गत व्यक्तिले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।

यसैगरि, यसअघि छ्टेका अग्रपक्तिंमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र तथा होटल व्यवसायमा कार्यरतहरुलाई समेत खोप दिइने खड्काले बताए ।