काठमाडौँ– काठमाडौंको धुम्बाराही स्थित ह्याम्स हस्पिटलमा आजदेखि सघन उपचारमा काम गर्ने नर्सहरूका लागि प्रशिक्षण (क्रिटिकल केयल नर्स ट्रेनिङ) शुरु भएको छ।


ADVERTISEMENT


अस्पतालले आइसियुमा सेवा प्रवाह गर्ने नर्सहरुको क्षमता अभिवृद्धिका लागि एक समारोहको आयोजना गर्दै आइतबारदेखि तीन महिने तालिमको शूरुआत गरेको हो ।


ADVERTISEMENT

# # #


क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सीसीनान)सँगको सहकार्यमा अस्पतालले प्रदान गर्न लागेको उक्त ट्रेनिङमा उपत्यकाभित्र र बाहिर कार्यरत विभिन्न अस्पतालका नर्सहरुले सहभगीता जनाएको अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेल जानकारी दिइन् ।

उनका अनुसार, तालिमका लागि अस्पतालले लिखित र मौखिक परीक्षामार्फत नर्सहरुको छनोट गरेको थियो । जसमध्ये ४५ जनाले दिएको आवेदनमध्ये ३१ जना मात्रै तालिमका लागि चयन भएका थिए ।

देशमै विश्वस्तरीय ट्रेनिङ कार्यक्रम संचालन गरेर क्रिटिकल कियरको क्षेत्रमा दक्ष नर्सहरु तयार गर्ने उद्देश्यले क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरी विस्तार गर्न लागिएको यो ट्रेनिङ अस्पतालको दोस्रो ब्याच हो । यसअघि अस्पतालले गत १५ फागुनमा पहिलोपटक क्रिटिकल केयल नर्स ट्रेनिङ(सीसीएनटीपी) सञ्चालन गरेको थियो । जसमा पनि ३१ जना नर्सले सहभागिता जनाएका थिए ।

यसअघिको ब्याच फागुनमा शुरु भएपनि कोभिड–१९ महामारीका कारण ३ भदौमा मात्रै सम्पन्न भएको थियो र, त्यसको एक महिनाको अवधिमै अस्पतालले पुनः दोस्रो ब्याचलाई तालिम प्रदान गर्न लागेको डाइरेक्टर पौडेलले जनाइन् ।

ह्याम्सले यसबाहेक इन्फेक्शन कन्ट्रोल ट्रेनिङ(संक्रमण नियन्त्रण तालिम), भेन्टिलेटर एशोसियट निमोनिया(भेन्टिलेटर सम्बन्धित निमोनिया) तथा बेसिक लाइफ सपोर्ट ट्रेनिङ फर नर्सेस(आधारभुत जीवनका लागि नर्सिङ तालिम) लगायतका तालिमहरु समेत दिदैँ आएको छ ।

डा. ज्योतिन्द्र शर्माले स्वागत मन्तव्यबाट शुरुआत भएको उक्त कार्यक्रममा सीसीनानकी अध्यक्ष लक्ष्मी केसीले तालिममा सहभागीलाई तालिमबारे स्पष्ट जानकारी गराएकी थिइन् ।

 

अध्यक्ष केसीकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ह्याम्सका निर्देशक आरएस भण्डारी, पल्मोनरी एण्ड क्रिटिकल केयरका शैक्षिक संयोजक तथा डा. प्रमुख अर्जुन कार्की, अस्पातलका सीइओ अनिल ओडुविल तथा सीसीएनटीपीकी प्रमुख विमला श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।