अफगानिस्तान – शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


हाल इस्लामावादको भ्रमणमा रहेका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताए ।

उनले हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरु पनि विश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्ने बताए ।

हाल अफगानिस्तानको अन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरुले काम गरेको धारणा उनले राखे। उनले अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको बताए ।

यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उनले बताए । अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको छ उनले भने ।

उनका अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक भएको छ । यहाँ आर्थिक संकट आइसकेको जानकारीसमेत उनले दिए । रासस