काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले सातौँ संविधानको अवसरमा नेपाली कांग्रेस पार्टीका संस्थापक नेता बीपी कोइरालालाई सम्झिएका छन् ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जालमार्फत नेता कोइरालाको भनाईलाई ट्विट गर्दै स्मरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘संविधानको अध्ययन गर्दा त्यसका चिसो अक्षरमुनि कुनै पनि स्पन्दित भइरहेको न्यायो आत्मा छ की छैन भनेर खोज्नुपर्छ । अधिकारको दस्तावेजभन्दा इरादाको अठोट खोज्नुपर्छ ।– बीपी कोइराला’ ट्विटमा लेखिएको छ ।

यसैगरि उनले त्यसको तलतिर ‘संविधानका अक्षरमा सबै नेपालीले स्पन्दनको आत्मानुभूति गर्न सकून’ भन्ने कामना समेत गरेका छन् ।