काठमाडौं – आज पनि नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।


ADVERTISEMENT


बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।


ADVERTISEMENT

# # #


आजको बैठकमा असोज १५ देखि १७ सम्म काठमाडौंमा हुनेगरी तय गरिएको विधान महाधिवेशनका विषयमा छलफल गरिने उनले जानकारी दिएका छन् ।

त्यसैगरी संसदमा एमालेले गर्दै आएको अवरोधलाई कसरी लैजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।