काठमाडौँ– नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


डा. महतले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको सातौँ राष्ट्रिय संविधान दिवसको अवसरमा सम्पुर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘नेपाली कांग्रेस नागरिकद्धारा निर्वाचित संविधानसभाले अधिकतम राजनीतिक सहमति जुटाएर नेपाल र नेपालीको सर्वोत्तम हित हुने संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक दिन संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्दछु’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरि, संविधान निर्माण गर्ने विषय २००७ सालको जनक्रान्तिको आह्वानमा जननेता वी.पी.कोइरालाले उठान गरेको संविधान नेपाली जनताले झण्डै साढे सात दशक लामो लोकतान्त्रिक संघर्षपछि हासिल गरेको जनाउँदै उनले यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको बताएका छन् ।

यस्तै, उनले अब यसै संविधानका माध्यमबाट पर्याप्त भौतिक पूर्वाधारको निर्माण तथा आर्थिक र सामाजिक क्षेत्रको दुततर विकास गर्दै नेपाली नागरिकहरुको समग्र जीवनको स्तरोन्नति गरी नेपाललाई विश्वका विकसित मुलुकहरुको समकक्षमा पुर्‍याउन पर्नेतिर समेत जोड दिएका छन् ।