मोरङ– नेपाली कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको सरकार अलोकतान्त्रिक भएको बताएका छन् । उनले देउवालेले सरकार चलाउन नसकेको आरोपसमेत लगाएका छन् ।


ADVERTISEMENT


गृह जिल्ला मोरङ आएका सभापति कोइरालाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेको सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको समेत आरोप लगाए ।


ADVERTISEMENT

# # #


६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने उनको भनाइ छ । नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनले बताए ।

‘सभापतिको जिल्लामा पुलिस लगाएर वडाको अधिवेशन गर्नु परेको छ ५७ वर्षको इतिहासमा अहिलेसम्म यस्तो भएको थिएन,’ उनले भने, ‘नेतृत्व परिवर्तन भएपछि मात्रै कांग्रेसमा सुधार आउँछ ।’

संस्थापन इतर समूहबाट को बन्छ सभापतिको उमेदवार भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबै मिलेर छलफल गरेर अगाडि बढ्ने बताए । सबै नेताहरूलाई समेटेर चाँडै साझा उम्मेदवार घोषणा गर्ने उनले जानकारी दिए । यस्तै उनले एमसीसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने बताए ।

निर्वाचनमा कांग्रेसको गठबन्धन कुनै दलसँग नहुने पनि उनले दाबी गरे । यसैबीच उनले एउटा प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । ‘मेरो चाहना प्रदेश १ मै होस् भन्ने चाहना छ,’ उनले भने ।