जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गतेभित्र सरकार विस्तार हुने दावी गरेका छन् ।


ADVERTISEMENT


जनकपुरमा प्रदेश स्तरीय नेतालाई प्रशिक्षण दिएपश्चत काठमाडौं फर्किने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘प्राविधिक कारणले सरकार विस्तार हुन सकेको छैन । असोज ४ गतेभित्र सरकार विस्तार हुन्छ ।’


ADVERTISEMENT

# # #


गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको पाँच दलीय लोकतान्त्रिक गठबन्धन नटुट्ने दावी गरे । ‘गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘तर अब तपाईहरु ढुक्कसँग लेख्नुस्– गठबन्धन टुट्दैन । अगामी चुनावसँग यो गठबन्धन रहन्छ ।’

संशोधन गर्ने शर्तमा संविधानमा हस्ताक्षर गरेको भन्दै उनले भने, ‘अहिलेको संविधान संशोधन हुनुपर्छ ।’ दुईपटक संशोधनका लागि प्रस्ताव पनि संसदमा दर्ता भएपनि संशोधन नभएकोमा दुःख व्यक्त गरे ।